७ कार्तिक २०८३, शनिबार

भारतीय कारको ठक्करबाट नेता भट्टराईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali_district_20140302110941लम्की (कैलाली), २८ असार । कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पहलमानपुरका ३८ वर्षीय नवराज भट्टराईको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टराई स्थानीय व्यापारी नेता हुन् । आइतबार साँझ ८ः३० बजे कैलालीको चौमाला-९ झीलमा पूर्वबाट-पश्चिमतर्फ गइरहेको भारतीय युपी ३२ सिडी ४९८८ नम्बरको कारले विपरीत दिशातर्फ गइरहेको भट्टराई सवार से३प ८५०८ मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट भट्टराई र मोटरसाइकलमा सवार रामशिखझाला-का ३१ वर्षीय पुरनबहादुर बुढा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक बलराम विष्टले जानकारी दिनुभएको छ । ठक्कर दिने कारलाई इलाका प्रहरी कार्यालय चौमलाले नियन्त्रणमा लिएको छ । ठक्करपछि फरार रहेका कार चालकलाई राति जङ्गलबाट नियन्त्रण लिइएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।

स्थानीय व्यापारी नेता समेत रहनुभएका भट्टराईको मृत्युको शोकमा पहलमानपुर बजार आज बन्द गरिएको छ । रासस