– अनिल खत्री
गुल्मी २८ असार । गुल्मीको बिश्वखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिश्वखर्कबाट शान्तिपुर जादै गरेको लु २ त ८२५५ नम्बरको ट्याक्टर बिश्वखर्क ५ को खालीडाडा भन्ने स्थानमा भएको हो ।
दुर्घटना परि ट्याक्टर चालक कपिलबस्तु घर भई हाल शान्तिपुर बस्दै आएका ३२ वर्षिय सन्जय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परि खुट्टा भाँचिएर घाईते भएका चौधरीलाई थप उपचारको लागि पाल्पा लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिश्वखर्कबाट शान्तिपुर जादै गरेको ट्याक्टर सडकबाट करिव ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टरको स्टीङ्ग फेल भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया