३० आश्विन २०८३, शुक्रबार

पाथीभरा केबलकारको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको छ ।

चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको हो । यामबहादुर लिम्बूसमेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइको आदेश आज सार्वजनिक भएको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश पनि दिएको छ ।