काठमाडौं, २७ असार । नेपालका सर्वाधिक लामो दुरीका म्याराथुन धावक एवं किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई आइतवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले २५ हजार रुपैयाँ उपलव्ध गराएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल मनास्लु लगायत ६ महादेशका सर्वोच्च शिखरहरुको आरोहण एवं अनुभव संगालेका पण्डितले अव एसियाकै इरान स्थित सर्वोच्च ज्वालामुखी पहाड तथा अन्टान्ट्रिका महादेशको माउण्ट भिन्सन आरोहण गर्ने अभियानमा रहेका छन् ।
उनलाई आरोहण सफलताको सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको हो । कार्यक्रममा सदस्य सचिव विष्टले पण्डित जस्तो ऐतिहासिक व्यक्तिलाई राखेपले सदैव संरक्षण र सहयोग गर्ने प्रतिवद्धता जनाउदै विदेशी भुमिमा गरिएको शिखरहरुको आरोहण तथा दौड अनि किर्तिको अनुभवलाई नेपालमा लागु गरि हजारौ युवालाई प्रेरणाको स्रोत बन्ने कुरामा आफू विश्वस्त रहेको र आगामी दिनहरुमा उज्व्वल भविष्यको कामना गरे ।
















प्रतिक्रिया