३० आश्विन २०८३, शुक्रबार

घर नभएकाहरुलाई ‘स्मार्ट सिटी’ योजनाबाट सरकारले अब सित्तैमा घर दिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

House-Safeकाठमाडौं, २७ असार । भारतीय सरकारले स्मार्ट सिटी नामको एक महत्वाकांक्षी कार्यक्रमको सुरुवात गरेको समाचार छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गतहप्ता सो योजनाको औपचारिक सुरुवात गर्नुभएको हो ।

सबैका लागि घर नाम दिइएको यस कार्यक्रममा सबैका लागि घर तथा स्मार्ट सिटी (राम्रो सहर) अभियान थालिने भएको हो । यो कार्यक्रमलाई गरिबलक्षित कार्यक्रमको संज्ञा दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानमार्फत सबै भारतीय नागरिकले घरमा बस्न पाउन भन्ने योजना र त्यसका लागि तयारी गरिएको पनि बताउनुभएको छ ।

उहाँले निर्वाचनको अभियानकै क्रममा भन्नुभएको थियो, “सबैलाई आफ्नै घर हुनु भनेको एक सपना जस्तै हो । त्यो सपनाको घर केबल छाना र पर्खालको मात्र होइन घर नै हो, त्यसका लागि मैले सत्तामा गएपछि प्रक्रिया नै थाल्नेछु ।”

सबैका लागि घर भारतीय वर्तमान सरकारको एक महत्वाकांक्षी कार्यक्रम हो र यसले सबै भारतीय नागरिकलाई घरको कल्पना गरेको छ ।

यस कार्यक्रमलाई त्यहाँका विश्लेषकहरूले असम्भव भनेका छन् । सोही असम्भव कार्यक्रमको सुरुवात बिहीबार प्रधानमन्त्री मोदीले गर्नुभएको छ । तरपनि अधिकारीहरुले प्रधानमन्त्रीले औपचारिक रुपमा सुरु गर्नुभएको सो कार्यक्रमलाई यसैहप्ताबाट नियमित रुपमा अघि बढाइने जनाएका छन् । रासस/सिन्ह्वा