७ कार्तिक २०८३, शनिबार

‘मेरो श्रीमानको सट्टा मलाई जागिर दिनुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-patheghar– डम्मरराज भट्ट

महेन्द्रनगर, २७ असार । कञ्चनपुरका द्वन्द्वपीडितहरुले राज्यबाट राहत र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

कञ्चनपुरको दैजीमा स्थानीय शान्ति समितिका पदाधिकारीहरुसँगको भेटमा मृतक र वेपत्ता परिवारका सदस्यहरुले दुवै पक्षबाट पीडित भएका वास्तविक पीडितहरुले राज्यको सेवा सुविधा देख्न समेत नपाएको बताएका हुन् ।

तत्कालिन जनयुद्धका बेला निजामती सेवामा कार्यरत श्रीमान गुमाएकी सुडाकी मानमती बमले आफ्नो श्रीमान सरकारी अमिन भएपनि सरकारले पेन्सिन लगायतका सेवा सुविधा नपाएकोे बताउनुभयो । पाँच बर्ष पुग्न ४५ दिन बाँकी हुँदा मानमतीका श्रीमान दोहोरो भीडन्तमा मारिएका थिए । समय नपुगेको भन्दै सरकारले एकल महिला भन्दै मासिक चार हजार ४४८ रुपैयाँ मात्रै उपलब्ध गराएको बताउनुभयो ।

आफूले श्रीमान गुमाएको सट्टामा कुनै सरकारी कार्यालयमा कार्यालय सहयोगी बनाईदिन माग गरेपनि राज्यले आफ्नो पीडा बुझिनदिएको गुनासो गर्नुभयो । सुडा दैजीका पीडितहरुले आफ्ना सन्ताका लागि सरकारले उच्च शिक्षाका लागि व्यवस्था गर्नुपर्नेमा जोडदिएका छन् ।
सरकारले पीडितका सन्तानका लागि उमेरको हद लगाएका कारण आफ्ना सन्तान उच्च शिक्षाबाट बञ्चित भएको उनीहरुको गुनासो छ ।

वास्तविक पीडितहरुले अझैसम्म पनि राहात नपाएको भन्दै त्यस्ता पीडितहरुलाई गाँउ गाँउबाट खोजी पीडितहरुलाई न्याय दिनुपर्ने उनीहरुको माग छ । राज्यले वास्तविक र गैर पीडितको पहिचान गर्नुपर्ने र गैरपीडितले राहत दिएको भेटिए, सो राहत बराबर खोसेर वास्तविकलाई दिनुपर्ने समेत पीडितहरुको भनाई छ ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सीता बोहराले अब राज्यसंग अघिकारका लागि एकल पीडित महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यले एकल महिलाहरुलाई दिनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेको उहाँको दावी छ ।