२८ आश्विन २०८३, बुधबार

अनेसासमा चुनावी सरगर्मी, कस्ले मार्ला बाजी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anesas
विजय थापा 
भर्जिनिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बर्ष २०१४- २०१६ को लागि केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि चुनावको मिति र चुनावी प्रक्रियाहरुबारे सूचना प्रकाशित गरेको छ ।निर्वाचन जुलाई १५ देखि जुलाई १९ सम्म हुने र उम्मेद्वारी दिनेले मनोनयन पत्र आउँदो जुन २१ को मध्यरातसम्म बुझाउनु पर्ने जानकारी निर्वाचन प्रमुख फ्लोरिडा अमेरिकामा बसोबास गर्दै आएका बिमल नेपालले जनाएका छन् ।

अध्यक्ष ,वरिस्ठ उपाध्यक्ष,चार वटा क्षेत्रीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षको निर्वाचन हुने जानकारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । पारिवारिक र निजी अड्डा भनि आरोप खेप्दै आएको अनेसासका संस्थापक भन्छन- ‘पूर्ण प्रजातान्त्रिक रुपमा निर्वाचन गर्ने हाम्रो प्रतिबद्धता छ । यस पटक विवादरहित निर्वाचन हुने कुरामा कुनै शंका छैन ।’

अहिलेसम्मको अनेसासको ईतिहासमा अमेरिका भन्दा बाहिरका कुनै पनि साहित्यकारहरुले मुर्धन्य पदमा बिजयीको ताज लगाउन सकेको छैनन् भने अब यो ईतिहास कहिले तोडिने भनि ७२ वटा राष्ट्रमा पुगेको अनेसासका आम साहित्यकारहरुको चासोको बिषय बनेको छ । उक्त बिज्ञप्तिमा उम्मेदवारी दिँदा अपनाउनु पर्ने कुराहरुको साथै अनेसासको आधिकारिक सञ्जालमा बिस्तृत जानकारी गराईएको छ ।

हरेक दुई बर्षमा हुने यो चुनाबमा तेश्रोपटक बिधुतिय प्रणालीबाट मतदान गरिने र संसारभरी छरिएर रहेका नेपालीहरूलाई बिधुतीय प्रणालीबाट मतदान गराउने अनुभबी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नै पहिलो हो । संस्थाको तीन वटै निर्बाचनमा अनुभव बटुलेका निर्बाचन पर्यबेक्षण समितीका खेम भट्टचनले ‘हामी नै पहिलो हुूँ’ भन्दै छाती पिट्दै दाबी गरे । अनेसासमा जब निर्वाचन हुने गर्छ संस्था बिबादको भुमरीमा जकडिन्छ । चुनावमा उपबिजेता हुने समूहले संस्थापक अध्यक्ष तथा गुठी अध्यक्षलाई दोषारोपण र लान्छना लगाउने बिगतमा देखिएको निर्बाचन समितीका तिर्थ पाण्डेलेले बताए । दुई बर्ष पहिले भएको निर्बाचनमा न्युयोर्कबाट दुई महिलाको उम्मेदवारी परेको र निर्वाचन प्रक्रिया सम्बन्धिका बिषयलाई लिएर निकै दोहोरी चलेको चर्चा न्युजर्सीका धनीराम सापकोटाले बताए ।

अनेसासको बिगतको निर्वाचनमा विश्वब्यापी रुपमा चर्काचर्की परेको समाचार, एकअर्कामा दोषारोपण, आरोप प्रत्यारोप,लान्छनाले तमाशा हेर्ने मौका सबैले ब्रम्हाण्डभरि पाएको अस्ति भर्खर जस्तो लागेको भएतापनि अहिले साहित्यकारहरु एकजुट भएकोले अनेसासलाई वर्तमान समयमा हेर्ने दृष्टिकोण सकारात्मक हुदै गएको दाबी गरिएको छ ।