काभ्रे, २७ असार । काभ्रेमा एक बालिका आफ्नै दिदीको सहमतिमा बलात्कृत भएकी छिन् ।
दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले उनकी ९ वर्षीया बाहिनीलाई बलात्कार गरेका हुन् । बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गमुेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।
ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले उनकी बहिनी बलात्कार गरेका हुन् । उक्त सय रुपैयाँ दिदीलाई दिएर उनले बहिनीलाई जंगलतिर लगेका थिए ।
घटना प्रहरी सम्म पुगेको छ । प्रहरी ति वृृद्धलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया