३० आश्विन २०८३, शुक्रबार

मुस्ताङको घरपझोङमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूका बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने तथा प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर लगायत उपस्थित रहेको कार्यक्रममा १२० जनाभन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूका बारेमा जानकारी दिए ।

उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै, प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानामगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूका बारेमा विस्तृत जानकारी दिएका थिए ।