१ कार्तिक २०८३, शनिबार

पाकिस्तानमाथि न्युजिल्यान्ड ९ विकेटले विजयी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । न्युजिल्यान्डले पाकिस्तानविरुद्धको ५ खेलको टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्युजिल्यान्डले ९ विकेटले जितेको हो ।

न्युजिल्यान्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुँदै ९१ रन बनाएको थियो ।

पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए ।

त्यसैगरी न्युजिल्यान्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए । यो जितपछि न्युजिल्यान्डले ५ खेलको सिरिजमा १–० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुनेछ ।