१ कार्तिक २०८३, शनिबार

पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । जारी पीएम कपअन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ ।

शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो । पुलिसले दिएको २८९ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २६.१ ओभरमा अल आउट हुँदै ९५ रन बनाएको थियो ।

मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए ।

त्यस्तै, पुलिस क्लबका लागि ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए ।

त्यस्तै, अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए ।

त्यस्तै, मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने विशाल पटेलले ३ विकेट लिएका थिए ।

यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ ।

त्यस्तै, मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।