७ कार्तिक २०८३, शनिबार

एमाले संसदीय दलको सचेतकमा गोकुल घर्ती नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokual-gahrtiकाठमाडौं, २६ असार । नेकपा एमाले संसदीय दलको सचेतकमा सभासद् गोकुल घर्तीलाई नियुक्त गरिएको छ ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभासद् घर्तीलाई सचेतकमा नियुक्त गरेको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

घर्ती रोल्पाबाट समानुपातिक तर्फका सभासद् हुन् । एमाले अध्यक्ष ओलीले आफूलाई विश्वासका साथ सचेतकमा नियुक्त गरेको भन्दै सचेतक घर्तीले संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउन आवश्यक र उपयुक्त भूमिका खेल्ने बताए ।

संसदीय दलको विधान र नियमावलीअनुसार उपनेता, प्रमुख सचेतक र सचेतक दलको नेताले चयन गर्ने उल्लेख छ । प्रमुख सचेतकमा भने यसअघि नै सभासद् अग्नि खरेल चयन भइसकेका छन् । एमालेले दलमा उपनेता चयन गरिसकेको छैन ।