काठमाडौं, २६ असार । पूर्वमन्त्री मुकुन्दबहादुर बस्नेतका छोराले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका पूर्वमन्त्री बस्नेतका २४ वर्षीय छोरा मानिष बस्नेतले शुक्रबार राति आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक नाले बन्दुकले उनले आफ्नै कोठामा बसेर टाउकोमा गोली हानेका थिए । टाउकोमा गोली हानेपछि उनलाई तत्कालै ओम अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे ।















प्रतिक्रिया