
रूपन्देही, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय नजिकै आएको बताएका छन् ।
आज रूपन्देही जिल्ला अदालतको १ करोड धरौटीको आदेशविरूद्व उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिने क्रममा लामिछानेले आफू बोल्न समय नजिक आइरहेको बताएका हुन् ।
‘अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ । तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ। प्रतीक्षा गर्नुहोला। छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’
आफूहरूको सरकारको बेला खुलेका फाइलहरू पनि अहिलेको सरकार आएपछि बन्द भएको उनले बताए ।












प्रतिक्रिया