१५ कार्तिक २०८३, आइतबार

शाहीको आरोपको खण्डन गर्दै विष्णु रिमालले भने- अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का उपमहासचिव एमव् प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएको आरोपको खण्डन गरेका छन् ।

हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजित प्रदर्शनमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको राखिएका विषयमा शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएपछि रिमालले खण्डन गरेका हुन्।

आफ्नो पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्ने गरेको भन्दै शाहीको आरोपको खण्डन गरेका हुन् ।

‘पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्’, रिमालले लेखेका छन्, ‘पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’ एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन। कसले कहाँ के गर्दै छ- समाचार त आएकै छ नि !’ ।