
काठमाडौं, २५ फागुन । देशकै अग्रणी तथा ठूलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवस (२०२५)को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत उद्यमी प्याकेज ६० एमबीपीएस वार्षिक १७ हजार ९५० रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९७५ रुपैयाँ, उद्यमी प्याकेज १२० एमबीपीएस वार्षिक ३४ हजार २२२ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १११ रुपैयाँ र उद्यमी प्याकेज २०० एमबीपीएस वार्षिक ४६ हजार १९५ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट २३ हजार ०९७ रुपैयाँ रहेको छ । उद्यमी महिलालाई लक्षित गरी यो अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।
यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्नेछ । उद्यमी प्याकेजमा पब्लिक आईपी, ५जीएच डुवल ब्याड राउटर, र अनलिमिटेड एफ युपी पनि समावेश छ । यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुनेछ । साथै, तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन ।








प्रतिक्रिया