७ कार्तिक २०८३, शनिबार

मोदीले आपत्ति जनाएपछि सभामुख नेम्वाङबाट संसद्को बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang-BICC_CA_Meeting

काठमाडौँ, २६ असार । व्यवस्थापिका-संसद्को आजको बैठक स्थगित भएको छ ।

एकीकृत नेकपा (माओवादी)का सभासद अमनलाल मोदीले बैठकको सुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी नियमापत्ति जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गर्नुभएको हो ।

बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएपछि बैठक स्थगन गरिएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने प्रावधान छ । आजको बैठकमा पनि सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रम माथिको छलफल हुने कार्यक्रम थियो ।