१ कार्तिक २०८३, शनिबार

देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ ।

लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

लुम्बिनीको टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, मृनाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्त सिंह थापा, नरबहादुर सार्की, बिर बहादुर घर्ति, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सलौद्धीन खान र बिपर्शन केसी रहेका छन् ।

लुम्बिनीले आफ्नो पहिलो खेल आइतबार सिद्धार्थ रंगशाला भैरहवामा कोशी प्रदेशविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ ।

आइतबारदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदैछन् ।