२२ कार्तिक २०८३, आइतबार

घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २४ फागुन । प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको ‘घुमुवा हुँ’ भन्दै किसानसँग पैसा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए । उनका अनुसार गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले शुक्रवार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्ती टोलिले पक्राउ गरेको हो ।

आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।