१० श्रावण २०८३, आइतबार

फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं : शंकर पोखरेल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजतन्त्रको नाममा समय खेर नफाल्न आग्रह गरेका छन् ।

सामािजक सञ्जालमार्फत महासचिव पोखरेलले जन आन्दोलनबाट फालिएको राजतन्त्रको नाममा आफ्नो मूल्यवान समय खेर नफाल्न सुझाव दिएका हुन् ।

गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उउनले स्पष्ट पारेका छन् । अढाइसय वर्ष नेपाली जनताले राजतन्त्रको कर्म भागेका उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं’ ।