– कालु बोहरा
अछाम, २५ असार । शुक्रबार नेकपा मालेका अछाम जिल्ला स्थित सम्पूर्ण केन्द्रिय सदस्यदेखि गाउँ कमिटी सम्ँमका कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन । नेकपा मालेका जिल्ला कमिटी सचिव लोक बहादुर केसीको नेतृत्वमा १४ जना जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमालेको पाटी कार्यालय मंगलसेनमा भएको पाटी प्रवेश एवम स्वागत कार्यक्रममा नेकपा मालेका जिल्ला पाटी सचिव लोक बहादुर केसी, केन्द्रिय सदस्य बम विसी, जिल्ला कमिटी सदस्य ईश्वरनाथ, भुमिराज भण्डारी, रमेश बोगटी, झंकर बुढा, हर्क टमट्टा, सेते कामी, भीम राना, जोगी परियार, पुर्ण राना, धना विसी,लक्ष्मी राम गिरी, प्रेम बुढा लगायत एमालेमा प्रवेश गरेका छन ।
जिल्ला कमिटी अछामका उपाध्यक्ष नन्द कडायतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कडायतले वहाँहरुको प्रवेशले हाम्रो संगठनलाई थप बल पुग्ने, स्थानिय निर्वाचनमा नेकपा एमालेको जिल्ला देखी केन्द्रसम्म बर्चस्व हुने दाबी गर्नुभयो ।
पाटी प्रवेश गरेका कमरेडहरुलाई क्षमताका आधारमा नेकपा एमालेमा छिट्टै जिल्लाको जिम्मा दिने बताउनु भयो । यस्तैः पाटी सचिव यज्ञ बोगटीले समाहित हुने कमरेडहरुलार्इं स्वागत गर्दै लामो समयदेखि पटक पटक समाहित हुने कुरा चलेपनि बल्ल आज सफल भएको बताउनुभयो ।
















प्रतिक्रिया