काठमाडौं, ५ असार । सामाजिक सञ्जालमा आफ्नै साथीको चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्यक्तिगत विवादमा आफ्नै साथीको चरित्र हत्या गर्ने नियतले पीडित महिला साथीको मोबाईल नंम्बर सामाजिक संजालमा राखी तथा अश्लिल म्यासेजहरु पोष्ट गरी पीडितलाई मानसिक तनाव दिने काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय कृष्ण उराउलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।
पीडक उराउलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागी महाशाखाले आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको छ ।















प्रतिक्रिया