३० आश्विन २०८३, शुक्रबार

नेताकै घरमा यौनव्यापार, ९ युवती पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-rocket काठमाडौं, २५ असार । हाम्रो समाजमा यौन व्यपारलाई मान्यता दिइएको छैन् । तरपनि कतिपय ठाउँमा लुकछिपी यौनधन्दा सञ्चालन हुँदै आएको छ । नेपालको राजधानीलाई केही वर्षसम्म ‘रेड एरिया’ भनिन्थ्यो ।

तर अहिले छाप विस्तारै पूर्वाञ्चल तिर सरेको छ । पूर्वाञ्चलको मोरङ जिल्लामा पछिल्लो समय यौन व्यापार फस्टाएको हो । यौनधन्दामा संलग्न केही जोडिलाई प्रहरीले केही दिन अगाडि मात्रै होटलबाटै रंगेहात पक्राउ गरेको थियो ।

नेपालमा होटलमा मात्रै यौनधन्दा लुकुछिपी हुनेभएपनि छिमेकी देश भारतमा नेताका घरमा समेत यौन व्यापार हुँदै आएको खुलासा भएको छ । भारतको कानपुर पुलिसले उत्तरप्रदेश उद्योग व्यापार संगठन (उपा)का नेताको घरबाट ९ जना यौनकर्मीलाई गिरफ्तार गरेको छ ।

kanpur-559a706ed5432_exlst

युवतीहरुले नेताले घर भाडामा लिएर आफुहरु धन्दामा लगाएो बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले थाना कल्याणपुर क्षेत्रको आवास विकास कलोनी स्थित एक घरमा छापा हान्दा ९ जना युवती र संचालकसहित ६ जना पुरुषलाई पनि गिरफ्तार गरेको छ ।

Sex-rocket-1

थाना कल्याणपुरको आवास विकास कलोनीमा रहेको उपाका नेताको घरमा विहानै सयौको संख्यामा पुलिसले छापा हान्दा यस्तो खुलासा भएको हो ।

भाडामा घर लिएर यौनधन्दा गरिरहेका उपाका व्यापारी नेता दीपक गुप्ता आफ्नो साथी धर्मेन्द्र चौरसियासँग कोलकाताबाट ६ युवतीलाई सम्पर्क गरेर कानपुर ल्याएका थिए । एजेन्सी