७ कार्तिक २०८३, शनिबार

मदिराले मातेर ६ महिनाकी छोरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_districtडोटी, २५ असार । डोटीमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन् ।

आफ्नै ६ महिनाको छोरीलाई मारेर गाड्ने लडागडा–९ बस्ने ३८ बर्षीय कान्ते भन्ने रवि साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका साउदले विहीबार घरमा श्रीमती र छोराछोरीलाई कुटपिट गरी ६ महिनाकी छोरी हरिना साउदलाई घरदेखि अंदाजी ५ सय मिटर टाढा रहेको गेड्डा खोलामा मारेर गाडेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।