ललितपुर, २५ असार । सार्वजनिक यातायात क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनको लागि महानगरीय अपराध महाशाखा, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु, यातायात व्यवसायी र मजदुरहरु समेतको सहकार्यमा यातायात सेवा सुरक्षा साझा अभियान २०७२ शुक्रबार लगनखेलमा संचालन गरेको छ ।
अभियान कार्यक्रममा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले सार्वजानिक यातायात लगायतका क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी र जनता सामुहिक रुपमा लाग्नुपर्नेमा जोड दिदै आफ्नो वरपर हुने अपराधिक क्रियाकलापको बारेमा प्रहरीलाई सूचना दिई सहयोग गर्नुहुन सवैमा अनुरोध गर्नुभयो ।
सवारी साधन तथा सडकमा हुने पाकेटमारी, लुटपाट, डकैती, महिला यौन दुव्र्यवहार लगायतका अपराध नियन्त्रण गरी सार्वजनिक सवारी साधन क्षेत्रलाई मर्यादित बनाउने लक्ष्यकासाथ असार २० देखि २९ गतेसम्म अभियान संचालन गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । कार्यक्रम अन्तर्गत सार्वजनिक यातायातका सवारी साधनमा शादा पोशाकमा प्रहरी परिचालन हुनेछन् ।
सडक र सार्वजनिक सवारी साधनको क्षेत्रलाई मर्यादित र सुरक्षित राख्न सम्वन्धित क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरुको सहयोगात्मक भावनामा विकास गर्ने तथा सार्वजनिक सवारी साधनमा हुने आपराधिक गतिविधि विरुद्ध चेतनामुलक सन्देशहरु प्रचारप्रसार गर्ने र सर्वसाधारण यात्रु, यातायात व्यवसायी तथा यातायात मजदुरहरुसँग अन्तरक्रिया कार्यव्रmम गरिएको हो ।















प्रतिक्रिया