७ कार्तिक २०८३, शनिबार

सेर्माथानमा पहिरो जाँदा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, २५ असार । सिन्धुपाल्चोक जिल्लाको हगाम गाविस वडा नं ९ स्थित सेर्माथानमा सुक्खा पहिरो जाँदा बिहीबार एक महिलाको मृत्यु भएको छ ।

जलविरेबाट आफ्नो घर जाँदैगर्दा पहिरोमा परी २४ वर्षीया सुकुरानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार मृतकको स्वास्थ्य कमजोर भएकाले भाग्न नसक्दा पहिरोमा खसेको ढुङ्गा टाउकोमा लागि घटनास्थलमै मृत्यु भएको हो ।

घटना बिहीबार घटेको भए पनि सञ्चार असुविधाका कारण आज मात्र प्रहरीलाई जानकारी प्राप्त भएको बताइएको छ । रासस