
काठमाडौं, १३ फागुन । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रीका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । उनले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
समस्याग्रस्त सहकारीको ञकेशझमिलाइदिन्छु भन्दै पैसाको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि उनले विष सेवन गरेका हुन् । उनको उपचारका क्रममा कलंकीको शहीद मेमोरियल अस्पतालमा निधन भएको हो । उनले साथीको कोठामा विष सेवन गरेका थिए ।
बागमती प्रदेशको समस्याग्रस्त सुमेरु सहकारीको विषयमा स्वकीय सचिव थापाले सहकारीलाई समस्याग्रस्तको लिष्टबाट निकाल्ने भन्दै कुराकानी गरेको अडिओ सार्वजनिक भएपछि सुसाइड नोट लेखेर विष सेवन गरेका हुन् ।
उनले आफ्नो बेइज्जत भएको नोटमा उल्लेख गरेका छन् ।








प्रतिक्रिया