
न्युयोर्क, २४ असार । केही समययता अमेरिकाको न्युयोर्कमा रहेकी नायिका रेख थापाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल र कलाकार सुदर्शन गौतमसँग नाम जोडिएकोमा आक्रोश पोखेकी छिन् ।
रेखा थापा फाउन्डेसनको कामको सिलसिलामा केहि समयदेखि अमेरिकाको न्युयोर्कमा रहेकी नायिका थापाले दैनिक नेपालका न्युयोर्क सहयोगी अनुज थापासँगको अन्तर्वार्ताको क्रममा अनलाइन पत्रकारिताप्रति आक्रोश पोखेकी हुन् । विशेषगरी पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र मित्र सुदर्शन गौतमसँग उनको नाम अनावश्यक रुपमा जोडेर अनलाइनले “इथिक्स ” भन्दा धेरै बाहिर गएर ‘पित–पत्रकारिता’ गरेको उनको जिकिर छ ।
आफू प्रचण्ड परिवारको चेली भएको जिकिर गर्दै रेखाले, सामाजिक सञ्जाल फेसबुकबाट प्रकाशले सबै कुरा खुलस्त पारि त्यस्ता समाचारको धज्जी उडाएको देखेर आफू खुसी भएको बताएकी थिइ्न् । बिनाकारण, कुनै आधारबिना जे पायो त्यहि कुरालाई गसिप बनाएर प्रस्तुत गर्ने प्रवृत्तिले विशेषगरी महिलाहरुलाई धेरै नै अप्ठ्यारोमा पारेको उनको तर्क छ ।
उता विनाप्रसंग आफूलाई सुदर्शन गौतमसँग जोडेर आएका समाचारमा उनी झन् बढी रुष्ट देखिन्थिन् । “उ (सुदर्शन) फरक फिल्डको व्यक्ति हो, उसलाई चलाउने किन ? ” सुदर्शन गौतमले अपशब्द बालेर पत्रकारलाई गाली गरेको प्रसंगबारे खासै खुलेर नबोलेपनि पनि रेखाले घुमाउरो पारामा भनिन्, “ कुनै युवतीलाई कसैले अनावश्यक रुपमा दुुःख दिन खोज्छ भने प्रत्येक युवाले त्यस्ता दुुःख दिने व्यक्तिलाई ठीक पार्नुपर्छ, आई एम रियल्ली प्राउण्ड अफ हिम ! (म उसमाथि गर्व गर्छु )। ”
अन्तर्वार्ताकै क्रममा चलचित्र विकास बोर्डले ल्याएको मापदण्डको विरोध गर्दे उनले भनिन्, “सिर्जनामा अंकुश लगाउन मिल्दैन ।”
त्यस्तै, किन अवार्ड कार्यक्रमहरु बहिष्कार गरेको ? भनी प्रश्न गर्दा उनले अवार्डहरु व्यवसायिक भएकोले आफूले पोहोर सालदेखि नै बहिष्कार गर्न शुरु गरेको र यो पटकदेखि मात्रै औपचारिक रुपमा बहिष्कार गरेको बताएकी थिइन् ।
बेलाबेला फेसबुकमा राजनीतिक टिप्पणी गरिरहने प्रसंग उप्काउंदा रेखाले आफू पनि आम नागरिक भएको र आफू पनि विचार राख्न स्वतन्त्र रहेको उल्लेख गरिन् । सरकार फेरिने लागेको कुरामा उनी किन नकारात्मक ? भनी प्रश्न गर्दा उनले यो बेला सरकार फेर्ने भन्दा पनि पुनर्निर्माणमा लाग्ने बेला भएको उल्लेख गरिन् ।
तपाईँ केपी ओलीको विरोधीको त होइन भनी ठ्ट्टा गर्दा उनले भनिन् “म त उहाँको उखान टुक्काको फ्यान हुँ ।”
नायिका रेखा थापासँगको अन्य थुपै कुराको रोचक अन्तर्वार्ता:













प्रतिक्रिया