१५ कार्तिक २०८३, आइतबार

एमाले टोखा नगर कमिटीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पाठक

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) टोखा नगर कमिटीले नयाँ नेतृत्व चयन गरेको छ ।

आइतबार सम्पन्न कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा गोपिकृष्ण पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा गणेशमान श्रेष्ठ चयन भएका छन्।

यस्तै सचिव पदमा रामकुमार अधिकारी चयन भए भने उपसचिवमा शारदा गैरे र हर्ष महर्जन चयन भएका हुन्। यसैगरी लेखा समितिको अध्यक्षमा सुविन्द्र श्रेष्ठ र सचिवमा बेखानारायण डंगोल निर्वाचित भएका छन् ।