२९ आश्विन २०८३, बिहिबार

‘दाह्री जुंगा फुल्ने भो, नेविसंघको महाधिवेशन कहिले हुने हो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौ, २७ जेठ । कांग्रेस केन्दीय कार्यसमितिको बैठक होस् या पार्टीको नेतृत्व सहभागि कुनै कार्यक्रम । विद्याथीहरु पुगी हाल्थे र नेताहरुतिर चोर औंला तेर्साउदै नारा घन्काउँथे ‘दाह्री जुंगा फुल्ने भो, नेविसंघको महाधिवेशन कहिले हुने हो ?’

यहिँ जेठ २९ गतेदेखि महाधिवेशन हुने आशामा मत्थर भएको यो नारा फेरि नेताहरुप्रति निशाना बन्ने निश्चित भएको छ । निर्वाचनले मैदान तताईरहेका बेला माउ नेतृत्वले अठात महाधिवेशन स्थगित गराएपछि विद्यार्थी नेताहरु आक्रोशित छन । उनीहरुको एउटै निष्कर्ष छ ‘नेतृत्व विकास रोकी एउटा पुस्तालाई समाप्त पार्ने ठूलो अपराध पार्टी नेतृत्वबाट भइरहेको छ ।’

कांग्रेस सभापति सुशील कोइरालाको निर्देशनमा नेविसंघको महाधिवेशन स्थगित भएको यो चौथोपटक हो । नेविसंघको महाधिवेशन गराउन नसकेको आरोपमा तत्कालिन अध्यक्ष प्रदिप पौडेललाई हटाएर कोइरालाले रंजित कर्णको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए । त्यसलाई ६ महिनाभित्र महाधिवेशन गराउने म्यानडेट दिईएको थियो ।

तर, साढे दुई बर्ष वित्दा कर्ण समितिले महाधिवेशन गराउन सकेन । महाधिवेशन हुन नसक्नुमा नेविसंघको बर्तमान कार्यसमिति भन्दा पनि पार्टी नेतृत्वको हस्तक्षेप मुख्य कारण बन्दै आएको छ ।

‘महाधिवेश हुन नदिनुमा बर्तमान पार्टी नेतृत्वले आफू अनुकुलको कार्यसमिति नहोला भन्ने डर मुख्य देखिन्छ’ विद्यार्थी नेता नैनसिंह महरले भने, ‘यसले नेविसंघको एउटा पुस्तालाई समाप्त पार्ने काम गरेको छ र पार्टीभित्र नेतृत्वको विकास ठप्प बनाएको छ ।’

नेविसंघसहित अधिकांश भातृसंस्था तदर्थबादमा चल्दै आएका छन् । साढे दुई बर्ष अघि नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिबासी जनजाती संघ, मगर संघ विघटन गरी ६ महिनाभित्र अधिवेशन गराउने भन्दै तदर्थ समिति बनाईएको थियो ।

तोकिएको समयमा अधिवेशन गराउन पार्टी महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाइयो पनि । तर, ती समितिले समेत महाधिवेशन गराउनेतर्फ सक्रियता देखाउन सकेनन । दलित संघ र ट्रेड युनियन महासंघबाहेक अन्यको अधिवेशन हुन सकेको छैन । कान्तिपर दैनिकबाट