७ कार्तिक २०८३, शनिबार

शसस्त्रका हवल्दार लागुऔषध सहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF-police– डम्मर राज भट्ट
महेन्द्रनगर, २४ असार । शसस्त्र प्रहरीका एक जना हवल्दार लागुऔषध सहित कञ्चनपुरमा रंगेहात पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले शसस्त्र प्रहरी अछाम गुल्ममा हवल्दार पदमा कार्यरत प्रविन भट्टलाई सदरमुकाम महेन्द्रनगरको गल्ली नं. ५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेको भट्टका साथ बाट २० थान फेनारगन, २० थान रेक्सुजेसिक र उनको साथमा रहेको म२प ११२९ नम्बरको मोटरसाईल समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर कुमार दाहालले लागु औषध सहित पक्राउ गरेको हवल्दार भट्टलाई कार्बाहीका लागि मुद्दा दायर भएको जानकारी दिए । उनका अनुसार लागु औषध ओसारपसार ऐन अन्र्तरगत कार्बाही हुने छ । ‘म्याद थप गरेर भट्टलाई आदालत पेश गछौँ, कार्बाहीको प्रकृया अगाडी बड्छ ।’, एसपी दाहालले भने

यस बारेमा शसस्त्र प्रहरी अछाम गुल्मका शसस्त्र प्रहरी नायब उपरीक्षक प्रेमध्वज शाहले हवल्दार भट्ट शसस्त्र प्रहरी सीमा सुरक्षा बल मझगाँउमा काजमा कार्यरत रहेको र अछाममा असार २ गते मात्रै हाजिर भएको बताउनुभयो । परिवारिक रुपमा समेत तनावमा रहेका भट्ट आफ्ना बुवा हेमराज भट्टको किरिया गर्न विदामा आएका थिए ।