काठमाडौँ, २४ असार । सीपी मैनाली नेतृत्वको नेकपा मालेका १५ जना केन्द्रीय नेताहरु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
नेकपा मालेका पोलिटव्युरो सदस्य घनश्याम भट्टराईको नेतृत्वमा १५ जना केन्द्रीय सदस्यहरु शुक्रबारबाट एमालेमा प्रवेश गर्न लागेका हुन् । यसका साथै, मालेको ट्रेड युनियन महासंघ र मुक्ति समाजका अध्यक्षको नेतृत्वमा सिंगो टिम नै एमालेमा विलय हुने भएको छ ।२५ वटा जिल्लाका पार्टी सचिव पनि एमालेमा प्रवेश गर्न लागेको एमाले स्रोतले जानकारी दियो ।
डेढबर्ष अघि मालेबाट एमालेमा प्रवेश गरेका नेता भाष्कर काफ्लेको पहलमा मालेका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् । काफ्ले अहिले एमालेको केन्द्रीय सदस्य एवं ताप्लेजुङ जिल्ला इन्चार्ज छन् ।
नवप्रवेशीलाई स्वागत गर्न एमालेले शुक्रबार दिउँसो ३ बजे पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम राखेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मालेसँगै विभिन्न दलका नेताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।
















प्रतिक्रिया