३० आश्विन २०८३, शुक्रबार

मेलिना र रामजीको स्वरमा आयो कस्तुपको ‘किन होर तरक्क’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ ।

मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय श्रष्टा कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।

गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । थुप्रै कोरस प्रयोग गरेर तामझापसहित निर्माण भएको भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछानेले भिडियोमा सुधिर र सञ्चितालाई डान्सिङ जोडीको रुपमा प्रस्तुत गरेका छन् । भिडियोले गीत सिंगार्ने काम गरेको छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।