७ कार्तिक २०८३, शनिबार

पत्रकार बस्नेतलाई लेनकाउ नेपालको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khemaधनगढी २४ असार । धनगढी स्थित गैरसरकारी संस्था लेनकाउ नेपालले सञ्चारकर्मी खेमा बस्नेतलाई सम्मान गरेको छ ।

बिहीबार लेनकाउद्वारा आयोजित जस्टिज २०१५ कन्फ्रेन्स मा नगद २५ हजार सहित दोसल्ला र सम्मानपत्रद्वारा बस्नेत सम्मानित भएकी हुन् । राष्ट्रिय सन्दर्भ दैनिकमा कार्यरत बस्नेतलाई सञ्चारमाध्यम मार्फत सदूरपश्चिमका दलितका मुद्धामाहरुलाई उठान गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै कदर स्वरुप सम्मान गरिएको हो ।

बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार डा. हेमराज पन्तले कदरपत्र प्रदान गरे । सम्मान ग्रहणपछि बोल्दै पत्रकार बस्नेतले लेनकाउले आफूलाई गरेको सम्मान सम्पूर्ण विभेदमा परेका वर्ग र उत्पीडित समुदायको भएको महशुस गरेको बताइन् ।

जातीय विभेदले दलित तथा उत्पीडत वर्गको समस्या उदेकलाग्दो देखेपछि आफूलाई सामाजिक न्यायको क्षेत्रमा कलम चलाउन उत्प्रेरित गरेको भन्दै बस्नेतले सामाजिक न्यायका लागि आफूले सधै कलम चलाउने प्रण गरिन् । ‘मैले सामाजिक न्यायको लागि थुप्रै समाचार तथा फिचर लेखेकी छु’ बस्नेतले भनिन ‘त्यो प्रयाप्त छैन्, मलाई थप लेख्न हौसला मिलेको छ।’ बस्नेतले दलित भएकै कारण नागरिकले भोग्नु परेको पीडा र राज्यले गरेको वेवास्तालाई पटकपट समाचारका माध्यमबाट उठान गरेकी थिइन् ।

साथै समाजमा कुनै न कुनै रुपले हुने विभेद अत्यको लागि कलम चलाउदै आएकी थिइन् । पत्रकारिता गरेको लामो समयपछि यति ठूलो सम्मान पाएको भन्दै बस्नेतले त्यसको गरिमा बचाइराख्न पनि आफू थप मिहेनतका साथ आफ्नो व्यवसायिकतालाई अगाडि बढाउने बताइन् ।

बस्नेत राष्ट्रिय सन्दर्भ दैनिक बाहेक शुक्रबार राष्ट्रिय साप्ताहिक र हिमालय टाइम्स दैनिककी धनगढी सम्बाददाता हुन् । उनले ५ वर्ष अघि समाचार सारांश दैनिकबाट पत्रकारिता सुरु गरेकी थिइन् ।