३० आश्विन २०८३, शुक्रबार

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनोट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनोट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई भव्य समारोहका बीच सम्मान गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु सुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए ।

उनले अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई सधै उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी गराए । जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भइरहेको बताए ।

एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि ३ करोडसम्मको बीमा शुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । साथै, निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।