काठमाडौं, २४ असार । रोजगारीका लागि साइप्रस पुगेकी बुटवलकी एक महिला आफ्नै मालिकको एसिड आक्रमणमा परेर गम्भीर घाइते भएकी छिन् । आफ्नो मालिकको यौन प्रस्ताव अस्वीकार गरेपछि उनी एसिड आक्रमणमा परेकी हुन् ।
उनी साईप्रसस्थित पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरका मालिक ५९ बर्षीय घरधनी सिमोसले पटक-पटक यौन दुव्र्यवहार गर्दै आएको र यौन प्रस्ताव अस्वीकार गरेपछि क्लोरिन नामक एसिडले आक्रमण गरेको पीडितले बताएकी छिन् ।
अहिले उनी स्थानिय अस्पतालमा उपचार गराइरहेकी छिन् । एसिड आक्रमण गर्नेलाई साइप्रस प्रहरीले पक्राउ गरेको छ । घाईतेले पीडकलाई कारबाही गराउन र उचित क्षतिपुर्ति दिलाउनका लागि साईप्रस स्थित नेपाली समुदाय, बाणिज्य दुतावास तथा एनआरएनए साईप्रससँग गुहार मागेकी थिइन् ।
उनी नेपाली ४ लाख २५ हजार रुपैयाँ खर्च गरी निलकमल म्यानपावर कम्पनी सिनामंगल मार्फत साइप्रस पुगेकी थिईन् । मासिक ३ सय १४ युरो तलब पाउँने सम्झौतामा उनी बैदेशिक रोजगारीको लागि साइप्रस हानिएकी थिइन् ।
बैदेशिक रोजगारका लागि साइप्रस पुगेका अधिकांश महिलाकामदारले योन शोषणमा पर्नुपरेको छिमी ल्हमुले बताइन् ।















प्रतिक्रिया