२० कार्तिक २०८३, शुक्रबार

ढुंगासहित खसेको पहिरोले गुड्दै गरेको बस पुरियो, १० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Road_accident_Nuwakot_Kakani_bus_accidentनुवाकोट, २४ असार । पासाङल्हामु मार्ग भएर नुवाकोटबाट काठमाडौं जाँदै गरेका एक बसलाई सडक माथिबाट ढुंगासँगैको खसेको पहिरोले पुरेको छ । पहिरोले बस पुर्दा १० यात्री घाइते भएको प्रहरीले जनाएको छ ।

बसबाट दुई जनाको जिवितै उद्धार गरिएको उद्धारमा संलग्न प्रहरी निरीक्षक जयराज वन्तले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्था तथा काठमाडौँतर्फ पठाइएको छ ।

त्रिशुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख २८४१ नम्वरको बस ककनी गाउँ विकास समिति वडा नं. १ सिस्नेरीमा माथिबाट आएको पहिरोमा परी पुरिएको इन्सपेक्टर जयराज वन्तले बताए । घटनाको विस्तृत आउन बाँकी छ ।