७ कार्तिक २०८३, शनिबार

भानु जयन्तीको तयारी तीव्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanubhakta-– नरेश केसी
भैरहवा, असार २४ । आदिकवि भानुभक्त आचार्यको २०८अँै“ जयन्तीको तयारी भैरहवामा भव्य रुपमा भईरहेको छ ।

हरेक वर्षको असार २९ गते मनाईने भानु जयन्तीलाई यस वर्ष रुपन्देही सदरमुकाम भैरहवामा पृथक रुपमा मनाईने भएको छ । यस क्षेत्रकै जेठो साहित्यिक संस्था सिद्धार्थ साहित्य परिषद्को अगुवाईमा भानु जयन्तीको तयारी भईरहेको हो ।

परिषद्को असार १९ गते बसेको बैठकले भानु जयन्तीलाई भव्य  र पृथक रुपमा मनाउने निर्णय गरेको थियो । परिषद्का अध्यक्ष विजय सागरको अध्यक्षता, सचिव रामबहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न बैठकले भानु जयन्तीको सन्दर्भमा  विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । साहित्यकारहरु प्राज्ञ बू“द राना, प्रा.डा कपिलदेव लामिछाने, प्रा.डा गितु गिरी, सहप्राध्यापक डिल्ली भट्टराईको आतिथ्यता रहेको बैठकले भानु सम्मान, विभिन्न पुरस्कार र भानु जयन्तीको तयारी बारेमा महत्वपूर्ण निर्णय गरेको परिषद्का उपाध्यक्ष देवी धीरले जनाएका छन् ।

बैठकले यस वर्षको भानु जयन्ती समारोह सामूहिक विद्यालय परिवारस“ग सहकार्य गरी आयोजना गर्ने समेत निर्णय गरेको छ । सिद्धार्थ साहित्य परिषद् र सामूहिक विद्यालय परिवार रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न हुने यस वर्षको भानु जयन्तीमा सिक्किमेली छनक दिईने आयोजकले दाबी गरेका छन् । आयोजकहरुका अनुसार भानु जयन्तीका दिन भैरहवामा साहित्यकार, सामूहिक विद्यालय परिवारसग आबद्ध २० विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक समाज, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरु एवम् साहित्य अनुरागीहरु सहितको ¥यालीले भैरहवा बजार परिक्रमा गर्ने तयारी भईरहेको परिषद्का कोषाध्यक्ष बैकुण्ठ अर्यालले जनाए ।
भानुको प्रतिमा सहित पञ्चेबाजा सहितको प्रभातफेरी ¥याली बिहान ७ बजे भैरहवा नमुना उच्च माविबाट निस्की बजार परिक्रमा पश्चात भानु माविमा रहेको भानु स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरिने र सो कार्यक्रममा नवलपरासीमा लुम्बिनी अञ्चलका अर्घाखा“ची, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका साहित्यकारहरुको जमघट रहने परिषद्का सहसचिव एल शर्माले जनाईन् ।

¥यालीमा  विद्यार्थी तथा शिक्षकहरु मात्रै पनि करिब दुई हजार सहभागी हुने आयोजक सामूहिक विद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलले जनाएका छन् । ¥यालीको समापनसगै दिउसो एक बजे स्थानीय सिद्धार्थ उद्योग वाणिज्य संघको हलमा औपचारिक कार्यक्रमको आयोजना हुनेछ । सो कार्यक्रममा परिषद्का सदस्य साहित्यकार कृष्णप्रसाद बस्याललाई भानुको जीवनी, व्यक्तित्वको बारेमा प्रकाश पार्ने, सञ्चालन रुद्र ज्ञवालीले गर्ने, मञ्च व्यवस्थापन सचिव रामबहादुर श्रेष्ठ संयोजक, कोषाध्यक्ष बैकुण्ठ अर्याल, सदस्य नरेश केसी रहेको उपसमितिले गर्ने, प्रचारप्रसार व्यवस्थापन नरेश केसीले गर्ने गरी बैठकले जिम्मेवारी दिएको अध्यक्ष सागरले जनाए ।

यसैबीच भानु जयन्तीको अवसरमा यस क्षेत्रकै प्रसिद्ध साहित्यिक पुरस्कार “सिद्धार्थ साहित्य पुरस्कार २०७१” साहित्यकार बालकृष्ण भट्टराईलाई, “सकला सिद्धार्थ वाङ्मय पुरस्कार २०७१” पुण्डरी अर्यालको “कलेजो फेरेको मान्छे” लाई, “टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार २०७२” स्रष्टा प्रा.डा गितु गिरीलाई प्रदान गर्ने मुल्याङकन समितिको सिफारिसलाई बैठकले निर्णय गरेको परिषद्का अध्यक्ष विजय सागरले जनाए । यसैबीच सिद्धार्थ साहित्य परिषद्ले भानु द्विशतवार्षिकीको अवसरमा प्रदान गर्न प्रारम्भ गरेको भानु सम्मानबाट २० जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

भानु सम्मान २०७२ बाट सम्मानित हुनेहरुमा साहित्यकारहरु मणिराम भट्टराई, माधवप्रसाद पन्थी, देवेन्द्र घिमिरे, बमबहादुर थारु, ठाकुरचन्द्र शर्मा, अर्जुन ज्ञवाली, मदनप्रसाद पौडेल, रामबहादुर श्रेष्ठ, लक्ष्मी शर्मा, वेगलाल गहतराज, देवीप्रसाद न्यँैपाने ‘धीर’, छवि ज्ञवाली, सुन्दर वासी, राजेश श्रेष्ठ, ओमकार गौचन, नारायणप्रसाद अग्रवाल, राजुनारायण श्रेष्ठ, ज्ञानदेव हटुवाल, जनकवीर बज्राचार्य रहेका छन् ।

बैठकले परिषद्का सल्लाहकार डिल्लीराज भट्टराईको संयोजकत्वमा गठित पुरस्कार तथा सम्मान सिफारिस समितीलाई धन्यवाद ज्ञापन समेत गरेको छ । नेपालका लब्ध प्रतिष्ठित साहित्यकारहरुको जमघट हुने सोही समारोहमा परिषद्बाट प्रकाशित “पदचिन्ह”को पनि विमोचन गरिने भएको छ । यसैबीच परिषद्ले नेपाली भाषा साहित्यप्रेमी स्रष्टा तथा द्रष्टाहरुलाई सोही दिनको कार्यक्रममा भैरहवा आउन निमन्त्रणा समेत गरेको  छ ।