७ कार्तिक २०८३, शनिबार

पहिरोको उच्च जोखिममा परेका एकसय छ घरपरिवारलाई सारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २४ असार । भूकम्पपछि पहिरोको उच्च जोखिममा परेका सिन्धुपाल्चोकका छ गाविसका विभिन्न बस्तीका एक सय छ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रथम चरणअन्तर्गत अति जोखिममा परेका सेलाङ, गोल्चे, ताङ्ताङ, स्याउले, बतासे र ज्यामिरे गाविसका विभिन्न बस्तीका १०६ घरपरिवारलाई सेलाङ गाविस–१ स्थित सार्वजनिक स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

सारिएका भूकम्पपीडितमध्ये अतिकमजोर परिवारलाई २२ वटा टेन्ट र २२ वटा त्रिपाल जिल्ला दैवी प्रकोप जिल्ला समितिबाट उपलब्ध गराई दिनसमेत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २६ जनाको टोली खटाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, ताङ्ताङ, परम्ची, हजाम, जलवीरे गाविसलगायतका एक सय घरपरिवारका लागि जलवीरेकै कोइरालाडाँडामा सार्न पहल भइरहेको बताइएको छ ।

अति जोखिममा परेका तातोपानी, हेलम्बुलगायत ११ गाविसका एक हजार ६६३ घरपरिवारका पाँच हजार १७५ जनालाई सुरक्षित ठाउँमा सार्नका लागि स्थानको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताउनुभयो । रासस