काठमाडौँ, २४ असार । काठमाडौंमा एक महिलाको घरको छतबाट हाम फालेर ज्यान गएको छ ।
घरको दुईतला माथिबाट हाम फाल्दा टोखा नगरपालिका–१२ ग्रिनल्याण्ड चोक डेरा गरी बस्ने बसुन्धरा घर भएकी २६ बर्षीया लटसा कार्कीको मृत्यु भएको छ ।
डेरा घरको दुईतला माथिबाट बुधबार जमिनमा हाम फाल्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ग्राण्डी अस्पताल धापासी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
घटनाको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया