१५ कार्तिक २०८३, आइतबार

आगलागी पूर्व जोखिम न्यूनीकरण गर्न सबैले हातेमालो गरौं : प्रजिअ आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्यार अलि खान
प्युठान, २९ माघ । मौसम परिवर्तन हुन लागेसँगै जिल्लामा सम्भावित आगलागी पूर्व जोखिम न्यूनीकरण गर्न सबैले हातेमालो गर्न जरुरी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य ९सुवेदी० ले बताएकी छन्।

प्यूठानका ९ वटै स्थानीय तहमा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन पुगिसकेको उनले जानकारी गराईन्। ‘आगलागी हुन नदिन सबै सचेत हुनुपर्‍यो ।’ प्रजिअ आचार्यले भनिन्, ‘आगलागी लगाउने घटना घटाउने हरकोहीलाई कानुनी कारबाही गर्नेछौं।’

आचार्यले जोखिम न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, कानुनी व्यवस्था, खोज तथा उद्धार सम्बन्धी अभिमुखिकरण तालिम चलाउन आवश्यक रहेको समेत औंल्याईन्।

जिल्लाका सबै वडामा आगलागी जोखिम न्यूनीकरणका लागि वडा स्तरीय आगलागी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ।

वडा अध्यक्ष संयोजक रहने गरी समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ। कार्यदलले सम्पर्क व्यक्ति मार्फत प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयन्त्रलाई जानकारी गराउने छ।

डिभिजन वन कार्यालय प्यूठानका डिभिजन प्रमुख धनेश्वर घिमिरेले सम्भावित आगलागी तथा डढेलो नियन्त्रणका लागि आफू मातहतका कार्यालय तथा वन उपभोक्ता समूहलाई परिचालन गर्ने बताएका छन्।