१ कार्तिक २०८३, शनिबार

गौशालामा पाँच वर्षीय बालिकालाई खेतबाट तानेर गोठमा लगी बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenगौशाला, २४ असार । महोत्तरीको गौशालामा पाँच वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

गौशालाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी हुन् । सरपल्लो गाविस-१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सरपल्लो-१ स्थित आफ्नो आँपको फूलबारीमा बसिरहेको महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर आउँदै गरेकी बालिकालाई जबर्जस्ती तानेर फूलबारीमै रहेको गोठमा लगी बलात्कार गरेको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ नै महतोलाई पक्राउ गरी निजमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस