७ कार्तिक २०८३, शनिबार

कालोबजारी गर्ने भक्तपुरका दुई पेट्रोलपम्प बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Pumpभक्तपुर, २३ असार । भक्तपुरमा सञ्चालित पेट्रोलपम्पहरुले कालोबजारी गर्ने गरेको खुलासा भएको छ ।

आज भक्तपुरमा नेपाल नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले गरेको पेट्रोलियम पदार्थको अनुगमनमा यस्तो भेटिएको हो ।

अनुगमन टोलीले मध्यपुरथिमि नगरपालिका थिमि चारदोबाटोमा सञ्चालित साझा पेट्रोल पम्प, मध्यपुर आयल सप्लायर्सलाई मापदण्डभन्दा कम पेट्रोल बिक्री गरेको भन्दै पम्प बन्द गराएको छ ।

दस लिटर पेट्रोलमा ६० मिलिलिटर कमी भएको, केही पम्पका पेट्रोल पम्पमा १० लिटरमा २० देखि ३० मिलिलिटरसम्म कम परिमाणमा पेट्रोल र डिजेल बिक्री गरेको पाइएपछि त्यस्ता पम्पलाई सुधार गरी एक हप्ताभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

वागमती आयल स्टोर थिमि, अजिमा आयल स्टोर निकोसेरा र जगुलु आयल स्टोर प्रालि थिमिलाई पनि परिणामअनुसार पेट्रोल बिक्री गर्न सचेत गराएको छ । रासस