७ कार्तिक २०८३, शनिबार

घुस लिँदालिँदै अमिन पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaनेपालगन्ज, २३ असार । नेपालगन्जस्थित नापी कार्यालय, बाँकेमा कार्यरत अमिन मनेलाल यादवलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

जिल्लाको कोहलपुरस्थित आयोग सम्पर्क कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार, अमिन यादवलाई बाँके मनिकापुर–७ का सेवाग्राहीसँग जग्गा हाल साविक गराई दिने भनि रु २४ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले यसअघि पनि सो कार्यालयमा छापामारी अमिन देवेन्द्र कँहारलाई पक्राउ गरी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । तर आज छापा मार्ने क्रममा निलम्बनमा परेका अमिन कँहार सोही कार्यालयमा काम गरिरहेको देखेपछि कार्यालय प्रमुखसँग जानकारी मागिएको अख्तियार सम्पर्क कार्यालयका प्रमुख कुँवरले राससलाई बताउनुभयो । रासस