७ कार्तिक २०८३, शनिबार

गोरखा पुगेर बाबुरामले मागे प्रचण्डको राजीनामा, यस्तो छ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburamकाठमाडौं, २३ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । विशेष कार्यक्रमका लागि गृह जिल्ला गोरखा पुगेका बाबुरामले घुमाउरो पारामा प्रचण्डको राजीनामा मागेका हुन् ।

‘पार्टीमा एक्लौटी प्रभाव जमाउने प्रवित्तिले आजीवन अध्यक्ष बन्ने प्रचलन रहेको छ, अब यसलाई तोड्नुपर्छ’ उनले भने-‘अब नेतृत्वलाई परिवर्तन गर्नुपर्छ, नेतृत्वमा परिवर्तन भयो भने पार्टीले नयाँ गति चल्छ । जून हाम्रो समाजमा लोकतान्त्रिक, विधिसम्मत मानिन्छ ।’

पार्टीलाई नयाँ गति दिन संगठनको ढाँचा नै परिवर्तन गर्नुपर्ने धारण उनले राखे । उनको भनाई अनुसार प्रचण्डले पार्टीमा एकलौटी अध्यक्ष बनेर गुटबन्दी गर्न खोजेको देखिन्छ । तत्काल पार्टीको नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँदै प्रचण्डलाई छाड्न उनले आग्रह गरे ।

उनले प्रचण्डको राजीनामा मागेपनि आफू नेतृत्व लिन तयार नभएको बताए । ‘उहाँलाई छाड्नुस भनेर मैले लिन खोजेको होइन् । तर हाम्रो पार्टीको परिपाटी मात्रै चेञ्ज गर्न खोजेको हुँ । नेतृत्व युवालाई दिनुपर्छ । पार्टीले योग्य व्यक्ति छनोट गरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’

माओवादीको इतिहासमा अहिलेसम्म प्रचण्ड नै अध्यक्ष रहँदै आएका छन् । प्रचण्ड पक्षधर नेताका अनुसार बाबुरामले पुनर्निर्माण प्राधिकरणको नेतृत्व नपाएपछि पार्टी अध्यक्ष प्रति असन्तुष्टि जनाउँदै प्रचण्डको राजीनामा मागेका हुन् ।

बाबुराम सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको अध्यक्ष हुन चाहन्थे तर पार्टी अध्यक्ष प्रचण्डको वेवास्थाका कारण उनको त्यो चाहना पूरा भएन् । जसकारण पछिल्लो समय माओवादी गुटगत भेला समेत भइरहेका छन् ।

पुनर्निर्माण प्राधिकरणको नेतृत्व अहिले प्रधानमन्त्री सुशील कोइराले नै लिएका छन् । प्रचण्डकै सहमतिमा प्रधानमन्त्री प्राधिकरणको प्रमुख भएका हुन् । आफ्नो लागि पहल नगरेपछि बाबुरामले असन्तुष्टि जनाउँदै प्रचण्डको राजीनामा माग्दै हिँडेको प्रचण्ड पक्षधर एक नेताले दैनिक नेपाललाई बताए ।