७ कार्तिक २०८३, शनिबार

‘विदेशीका अगाडि झोला थपेर भीख माग्ने होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagraj-Adhikari– विवेक विश्वकर्मा
भैरहवा, २३ असार । सविधान निर्माण बारे विवाद चर्किएको बेला स्वास्थ्य तथा जनसंख्या मंत्री खगराज अधिकारीले सरकारद्धारा केही दिन भित्रै पूर्ण लोकतान्त्रिक संघीय गणतन्त्र सहितको संविधान ल्याउने बताएका छन् ।

उनले बुधवार रुपन्देहीको धकधईमा धकधई गाविसद्धारा खुल्ला दिशा मुक्त, पूर्ण साक्षर तथा पूर्णखोप घोषणा समारोहलाई सम्बोधन गर्दै नामांकन र सीमांकन सहितको संविधान ल्याउने सरकार आतुर रहेको हुँदा सहमतिबाट नभए मस्यौदा मार्फत संविधान जारी हुने जानकारी समेत गराए ।

उनले विदेशीका अगाडि झोला थपेर भीख माग्ने होइन आफ्नै बुद्धि विवेकले नेपालीहरु महाबिपत्तीको सामना गर्नुपर्ने बताए । त्यस्तै उनले धकधईबासी जग्गा उपलब्ध गराएमा आफुले १५ शैईया अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।