काठमाडौं, २३ असार । बुधबार दिउँसो सुदूरपश्चिमको अछाममा नयाँ भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा साफेँबगरबाट १० किलोमिटर उत्तर पश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार अछाममा गएको भूकम्पको धक्का ३.४ म्याग्निच्युडको हो । भूकम्पको धक्का सानो भएपनि पहाडी क्षेत्र भएकाले स्थानीय कडा धक्का महसुस गरेका छन् । अछामबाट पत्रकार शिवराज ढुंगानाका अनुसार अछाममा भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।
‘भूकम्प आउँदा सबै ठाउँमा घर तथा पसलबाट सडकतिर भागभाग भएको थियो, भूकम्पको त्रासले अहिले स्थानीयहरु खुल्ला चौरमा बसिरहेका छन् ।’ उनले बताए । भूकम्पको फोकस अछाममै भएकाले बढी हल्लाएको भूकम्प मापन केन्द्रको अनुमान छ । हिजो मात्रै बाजुरा र बाग्लुङ केन्द्रबिन्दु भएर नयाँ भूकम्प गएका थिए ।













प्रतिक्रिया