२९ आश्विन २०८३, बिहिबार

एक्कासी सडकमा सुनचाँदी र हिरामोतीका टुक्रा खसेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौं । सडकमा सुनचाँदीका टुक्रा खसेपछि बहराइचमा ट्राफिक जाम भएको छ ।

भारतको यूपी राज्यस्थित बहराइच जिल्लामा एक्कासी एक मोटरसाइकलबाट भारी मात्रामा सुन र चाँदीको टुक्रा खसेपछि सडकमा टिप्नेको घुईचो लागेको हो । मोटरसाइकलबाट सुनचाँदीका टुक्रा खस्दै गरेको देखेपछि गाउँलेहरु टिप्नका लागि उर्लेर सडकमा आएका थिए ।

बहराइचबाट नानापारातिर गइरहेको एक युवकको मोटरसाइकलमा राखिएको बन्द झोलाबाट यो गहना खसेको थियो । झोलामा चाँदी र सुनका साना–साना गहना थिए । जुन सडकमा लगातार खसिरहेका थिए ।

त्यसमा हिरा मोतीका टुक्रा पनि भेटिएका थिए । पुरै सडक फरक फरक मोतीले भरिएको थियो । त्यहाँका स्थानीयले कम्पतीमा पनि करोडौंको सुन सडकबाट पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी