वासिङ्टन, २३ असार । अमेरिकी सेनाको अगामी दुई वर्षमा देश र विदेशमा विभिन्न ओहोदामा रहेका ४० हजार सेना कटौती गर्ने योजना रहेको अमेरिकी दैनिक युएसए टुडेले जनाएको छ ।
सो योजनाअन्तर्गत हाल कार्यरत अमेरिकी सेना सङ्ख्या चार लाख ९० हजारबाट घटाएर सन् २०१७ को सेटेम्बर ३० सम्ममा चार लाख ५० हजारमा झार्ने योजना रहेको जनाइएको छ ।
यो योजनाको आधिकारिक एवम् विस्तृत विवरण यसै हप्ताको अन्त्यतिर घोषणा गरिने अनुमान गरिएको छ । सैनिक कटौतीको यो योजना आउनु अगाडि नै अमेरिकी रक्षा मन्त्रालयले सन् २०१६ को बजेटमा यो कार्यक्रम ल्याएको थियो ।
फेब्रुअरीसम्म सैनिक बजेटमा कटौती गर्ने र सन् २०१८ को सेप्टेम्बरको अन्त्यसम्म सैनिक सङ्ख्या चार लाख ५० मा झार्ने भन्ने जनाइएको थियो ।
इराक र अफगानिस्तानमा युद्ध जारी रहेको बेलामा २०१२ मा अमेरिकी सैनिकको सङ्ख्या अति उच्च हुन पुगी पाँच लाख ७० हजार भएको जनाइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया