३० आश्विन २०८३, शुक्रबार

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । गायिका एलिना चौहानले श्रीमानसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेकी छिन् ।

उनले आज श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । विवाह भएको एक वर्ष पनि नबित्दै उनीहरूबीच सम्बन्धविच्छेद हुन लागेको हो । एलिना र विष्णुले गत बैशाख ५ गते विवाह गरेका थिए । एलिनाले पति विष्णुले आफूमाथि शंका गर्ने साथै चरित्रमाथि नै प्रश्न उठाउने गरेको उल्लेख गरेकी छिन् ।

‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो, फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन,’ ।

उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन् । विष्णु अष्ट्रेलियामा बसेर व्यवसाय गर्छन । उनले पतिको अंश वा माना चामल कुनै नलिने र आफूसँग भएका गरगहना नदिने पनि फिराद पत्रमा उल्लेख गरेकी छन् ।